१७ कम्पनीको ६ अर्ब बराबरको आइपीओ पाइपलाइनमा (सूचिसहित)



काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको उल्लेख्य वृद्धि भएको छ । अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त १८ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ ।

अर्थात् पछिल्लो समय आइपीओ भर्नेहरुको संख्या अत्यधिक छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्यरुपमा बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल १७ वटा कम्पनी आइपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् । ती कम्पनीहरुले करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका हुन् ।

जसमध्ये बोर्डले अन्डर प्रिलिमिनरी रिभ्यूमा ५ वटा, रिभ्यूड एन्ड कमेन्ट सेन्ट अन्तर्गत ६ वटा कम्पनी र रिप्लाइड एन्ड अन्डर रिभ्यू अन्तर्गत ६ वटा कम्पनीलाई राखेको छ ।

आइपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीमा १३ वटा जलविद्युत् कम्पनी, ३ वटा माइक्रोफाइनान्स कम्पनी र एउटा अन्य वर्गमा रहेको डिस होम नेटवर्क छ ।

सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । साथै सहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा छ ।


क्लिकमान्डु