प्रि-ओपनिङमा ५ अंकले बढ्यो नेप्से, ५२ कम्पनीको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा प्रि-ओपनिङमा नेप्से ५ अंकले बढेर २८२८.०७ अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ५२ कम्पनीको कारोबार भएको छ । जसमा ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।