जेफ बेजोसलाई पछि पार्दै फ्रान्सका फेसन टाइकुन बर्नाड आर्नल्ट बने संसारकै धनी व्यक्ति
अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फ्रान्सका फेसन टाइकुन बर्नाड आर्नल्ट संसारकै सबैभन्दा धनि व्यक्ति बनेका छन् । फोर्ब्सले उनलाई सबैभन्दा धनि व्यक्तिको सूचिमा पहिलो नम्बरमा राखेको छ ।
सोमबार उनको कूल सम्पत्ति बढेर १८६.३ अर्ब अमेरिकी डलर पुगेको छ । दोस्रो स्थानमा बेजोस छन् जसको कुल सम्पत्ति १८६ अर्ब डलर छ। बेजोसको तुलनामा अर्नाल्टको सम्पत्ति ३०० मिलियन जलर बढी छ ।
तेस्रो स्थानमा एलन मस्क छन् । केही समय अघि संसारकै सबैभन्दा धनि व्यक्ति बनेका मस्कतो सम्पत्ति १४७.३ अर्ब डलर छ । सन् २०२० को मार्च महिनामा ७६ अर्ब डलर रहेकोमा एकवर्षमा उनको सम्पत्ति दोब्बर बढीले बढेको हो । उनको सम्पत्ति १४ महिनामा ११० अर्ब जलरलेबढेको छ ।
कम्पनी फ्रेन्च फेसन ब्रान्ड लुइस भ्यूटनले सन् २०२१ को पहिलो चौमासमा १७ अर्ब जलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा ३२ प्रतिशतले बढी हो ।