प्रि-ओपनिङमा २०.२१ अंकले बढ्यो नेप्से, ६७ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । सोमबारको प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक २०.२१ अंबले बढेर २८४०.२१ अंकमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च अंक हो ।
प्रि-ओपनिङ–मा ८० वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर, नेको इन्स्योरेन्स, ग्लोवल आइएमई लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर कम्पनी छन् ।