सेयर बजारमा उत्साहः नेप्से २८२० अंकमा, कारोबार रकम साढे ११ अर्ब बढी
काठमाडौं । सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै देखिएको छ । साताको पहिलो दिन सेयर बजार हरियो हुँदा नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० अंकमा पुगेको छ ।
यसअघि गत बुधबारको दिन कारोबारको समयमा नेप्सेले २८२१.८६ अंकसम्म पुगेको थियो ।
आइतबार १४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आइतबार २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँमा कारोबार भएको छ ।
आइतबार कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । त्यसका साथै महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, कालिका पावर कम्पनीलगायतको पनि सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ ।
त्यसैगरी रुरु जलविद्युत् परियोजना, समता घरेलू लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, गँरास लघुवित्तको सेयर मूल्य घटेको छ ।