सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो भने आइतबार ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको थियो भने आइतबार ५ रुपैयाँ घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।