प्रतिनिधि सभा फेरि बिघटनको सिफारिस, कात्तिक २६ र मंसिर ३ गते चुनाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका केपी ओली र शेरबहादुर देउवाको दावी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले  गरेको केही समयमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त सिफारिस गरेको हो ।

साथै आगामी कात्तिक २६ र  मंसिर ३ गते गरी २ चरणमा निर्वाचन गर्नका लागि समेत सिफारिस गरिएको छ ।

यसअघि केपी ओली नेतृत्वको सरकारले नै पुस ५ गते बिघटनको सिफारिस गरेको थियो । तर सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएको थियो ।


क्लिकमान्डु