काम गर्न पनि नदिने र वैकल्पिक सरकार पनि दिन नसक्ने अवस्था भयोः प्रधानमन्त्री



काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता मन पराउनले सरकारलाई काम गर्न पनि नदिने र वैकल्पिक सरकार बनाउन पनि नदिने खेल भएको बताएका छन् । यस्तो अवस्थामा आफूले नयाँ कदम चालेको बताएका छन् ।

उनले आफूले विश्वासको मत पनि नदिने र वैकल्पिक सरकार पनि दिन नसक्ने अवस्था आएको बताए ।

उनले महाभारतकालिन चक्रव्यूहमा युद्धका नीति तोडेर, मर्यादा तोडेर घेराबन्दी गरेर अभिमन्यूको हत्या भएको जस्तै अवस्था सिर्जना गरेको बताए ।

उनले विश्वासको मत नदिन दलभित्रैबाट समेत असहयोग भएको बताए । उनले २७ जना मान्छेले अनुपस्थित भएर असहयोग गरेको समेत बताए ।

उनले संविधानको व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने अवस्थामा त्यसका लागि सहज अवस्था होस् भनेर आफूले उक्त कदम चालेको बताए । उनले विश्वासको मत प्राप्त हुने अवस्था नरहेको अवस्थामा आफ्नो कदम उपयुक्त रहेको बचाउ समेत गरे ।

‘आफू सरकारमा पुग्ने इच्छा वा अस्थायी ढंगले सबै चलाउन खोज्ने काम भयो । जब संसद असक्त अवस्थामा पुग्यो र नयाँ सरकार दिन सक्ने अवस्था मैले देखिन,’ उनले भने ।

उनले अगाडि थपे, ‘मैले सरकार चलाउन सक्ने अवस्था पनि रहेन । सरकार ढाल्ने र नयाँ बनाउने प्रयासकै वरिपरी केन्द्रित हुने कुराले सरकारले सहज ढंगले काम गर्न पनि पाएन । त्यसैले संविधानिक चक्रबाट अगाडि बढ्नु पर्ने भएकाले यो कदम चालिएको हो । सरकार कोरोना महामारी नियन्त्रणमा पनि केन्द्रित भएर काम गर्न पनि पाएन ।’


क्लिकमान्डु