प्रि-ओपनमा २५.३९ अंकले बढ्यो नेप्से, ५५ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । मंगलबारको प्रि-ओपनमा नेप्से परिसूचक २५.३९ अंकले बढेर २७८४.६० अंकमा पुगेको छ ।
प्रि-ओपनमा ६८ कम्पनीको कारोबार भएको छ । जसमध्ये ५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य घट्दा ६ वटा कम्पनीको सेयर मूल्यस्थिर छ ।
प्रि-ओपनमा विशाल बजार कम्पनी र एनआरएनको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । भने विजय जलविद्युत वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, नबिल बैंक, निर्धान उत्थान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंक, समता घरेलू लघुवित्त र रुरु जलविद्युत् परियोजना कम्पनीको सेयर मूल्य पनि करिब ५ प्रतिशतले बढेको छ ।