ओली फेरि प्रधानमन्त्रीमा नियुक्त, भोलि शुक्रबार शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।
प्रतिनिधि सभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्।
उनको शपथ भोलि शुक्रबार हुनेछ ।