मूल्यवृद्धि ३.१० प्रतिशतमा सीमित



काठमाडौं । चालु आवको चैत महिनासम्ममा मूल्यवृद्धि ३.१० प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ ।

२०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थ उपसमुहको मुल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ । घ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु