निषेधाज्ञामा पनि निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्यो



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको पहिलो सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख १७ गतेदेखि २४ गतेसम्मको अवधिमा कर्जा प्रवाह १५ अर्ब रुपैयाँले बढेको छ ।

वैशाख १७ गतेसम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेकोमा वैशाख २४ गतेसम्म कर्जा प्रवाह बढेर ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी निक्षेप संकलनमा पनि वृद्धि भएको छ । निषेधाज्ञा शुरु भएको भोलिपल्ट वैशाख १७ गतेसम्म ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन रहेकोमा वैशाख २४ गतेसम्म आइपुग्दा १० अर्बले बढेर निक्षेप संकलन ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु