ओलीलाई प्रचण्डले भने- तपाईं राष्ट्रिय समस्या हो, विश्वासको मत माग्ने नैतिक अधिकार छैन



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘मलाई तपाईंले कतै भन्नु भएछ, प्रचण्ड त राष्ट्रिय समस्या हो भनेर, आउनुहोस बहस गरौं, म हो कि तपाईं हो राष्ट्रिय समस्या ।’

उनले अगाडि थपे, ‘तपाईंलाई प्रधानमन्त्रीलाई रुपमा प्रस्ताव गर्नु म राष्ट्रिय समस्या हो ? वामगठबन्धन गर्नका लागि प्रस्ताव गर्ने म राष्ट्रिय समस्या हो ?, पार्टीका काममा कहिले समस्या सिर्जना गरे ? त्यो भन्न सक्नु हुन्छ ? तपाईंसँग केही पनि तथ्य छैन ।’

उनले ओलीलाई वामगठबन्धनलाई तुहाउन पहिलो दिनदेखि नै लागेको आरोप समेत लगाए । उनले प्रतिनिधिसभा बिघटन गर्ने तर्क पार्टीभित्रको कचिंगललाई कारक बनाउने ? भन्दै प्रश्न गरे ।

उनले वर्तमान संसद बिघटन गर्ने प्रधानमन्त्रीसँग यही संसदमा उभिएर विश्वासको मत माग्नु नौतिक अधिकार नै नभएको बताए ।

उनले नियमित अधिवेशन शुरु हुने समयमा विशेष अधिवेशन बोलाउनु पनि षडयन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरे ।


क्लिकमान्डु