अपि पावरले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद जारी गर्नका लागि नेपाल धितोपत्र बार्डबाट अनुमति प्राप्त गरेको छ ।

कम्पनीले १ कित्ता बराबर ०.२९३८ कित्ताका दरले हकप्रद जारी गर्नका लागि अनुमति प्राप्त गरेको हो । कम्पनील ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।


क्लिकमान्डु