तेस्रो दिन एनआईबिएल समृद्धि फण्ड-२ मा ११२.३०% आवेदन
काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को तेस्रो दिन ११२.३० प्रतिशत बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।
हालसम्म ५६ हजार १०२ जनाले १३ कराेड ४७ लाख ५७ हजार २२० कित्ताका लागि १ अर्ब ३४ करोड ७५ लाख ७२ हजार २ सय रूपैयाँ बराबको आवेदन परेको छ ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा वैशाख २६ गतेसम्म सकिनेछ ।