एनएमबी बैंकको खुद नाफा ८७.८०% ले बढ्यो, सबै सुचकमा सकारात्मक सुधार



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एनएमबी बैंकको खुद नाफा ८७.८० प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ११ करोड ७६ लाख रुपैयाँले थप भइ २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब २७ करोड ५७ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १८ प्रतिशतले र कर्जा प्रवाहतर्फ २८.१९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.३१ प्रतिशतले बढी हो ।
तर, सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने ८७.८० प्रतिशतले वृद्धि भएको छ ।

गत आवको चैत मसान्तसम्म १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात १.९७ प्रतिशत, बेसरेट ७.१९ प्रतिशत, स्प्रेडरेट ३.३७ प्रतिशत, सीसीडी रेसीयो ८१.०९ प्रतिशत र पुँजी कोष अनुपात १३.२८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु