नेप्से ७६ अंकले घट्दा, महिला लघुवित्तको सेयरमा सर्किट



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक झण्डै ७६ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७५.७९ अंकले ओरालो लागेर २ हजार ५७२.२२ मा ओर्लेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४ , सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ ।

नेप्सेमा उच्च अंकको गिरावट देखिदा समेत महिला लघुवित्तको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ ।

यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडबिवल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए ।

त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, यूनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए ।

कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोबार भयो ।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४ , नबलि बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोबार भयो ।


क्लिकमान्डु