मध्यभोटेकोसीले डेढ करोड कित्ता र सीइडीबीले २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनी र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति पाएका छन् ।
मध्यभोटेकोसी जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको डेढ करोड कित्ता आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।
कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ ।
त्यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले ८३ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।
कम्पनीले कुल चुक्तापुँजीको ३० प्रतिशत सेयर आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।