लक्ष्मी बैंकको नयाँ वर्ष अफरः ४.५% ब्याजसहित आकर्षक सुविधायुक्त ओरेञ्ज सेभिङ प्लस खाता

287
Shares

काठमाडौं । लक्ष्मी बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर ओरेञ्ज सेभिङ प्लस खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने ग्राहकले वार्षिक ४.५ प्रतिशत ब्याजदरका साथै आकर्षक सुविधाहरु पाउने छन् ।

उक्त खाता भएका ग्राहकको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा रहेको बैंकले जनाएको छ ।

यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निस्शुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।

नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी यो खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि(पेड डलर कार्ड ओरेञ्ज कार्ड निस्शुल्क प्राप्त गर्नेछन् ।

यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाताू मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरिरहेको छ।