संसद्को अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषद्को निर्णय
काठमाडौं । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि सर्बोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुर्नस्थापना भएको हो । हिउँदे अधिवेशनमा विधेयकहरु पेश हुने गर्छ । तर,संसद् बिघटन तथा राजनीतिक विवादको कारण यो पटक अन्तिम चरणमा पुगेका विधेयकहरु पास भएनन् ।
संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ । हिउँदे अधिवेशन अन्त्य गरेपछि सरकारले बजेटको लागि अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ ।