नेप्सेमा ३५.८९ अंकको गिरावट, म्यूचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा झरेको छ ।
यो दिन १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । यो दिन ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, नेपाल हाइड्रोपावर कम्पनी र एनआरएन कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक र मल्टिप्रपोज फाइनान्स कम्पनी छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा अगाडि एभरेष्ट बैंक, एनआइसी एशिया लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण काबेली र एनआइसी एशिया बैंक छन् ।
उपसमूहतर्फ म्यूचुअल फण्डबाहेक सबै घटेका छन् ।