सौर्य उर्जा उत्पादनमा गोल्छा अर्गनाइजेशन, विद्युत प्राधिकरणसँग पीपीएका लागि सम्झौता
काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे ।
यो आयोजनालाई ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको शेखर गोल्छाले बताए । उनका अनुसार यो अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने गोल्छा समूहको योजना छ ।