रुरु जलविद्युतको आइपीओमा साढे ९ लाखले दिए आवेदन
काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा तेस्रो दिनसम्म साढे ९ लाख बढीले आवेदन दिएका छन् । आइतबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा ९ लाख ५३ हजार ४४२ जनाले आवेदन दिएका छन् ।
कम्पनीका अनुसार आइतबार साँझसम्म कुल १ करोड ३९ लाख ४० कित्ताका लाग आवेदन परेको हो ।
म्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी जम्मा १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
कम्पनीको आह्वान गरेको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाइनेछ । त्यसैगरी न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको आर्थिक वर्ष २०७७र७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६र७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिछेड छ ।