आइपीओ भर्न र इडिआइएस गर्न मेरो सेयर खुलेन, यसो गर्नुहोस्
काठमाडौं । आज शुक्रबारदेखि रुरु जलविद्यत् परियोजनाको आइपीओ खुलेको छ । तर लगानीकर्ताले मेरो सेयर खुल्दा सहज ढंगले आइपीओ भर्न पाएका छैनन् । त्यसैगरी इडिआइएस गर्नेले पनि वेवसाइट नखुल्दा समस्या भोगिरहेका छन् ।
सीडीएसएसीका सीइओ पूर्णप्रसाद आयार्चका अनुसार यो समस्या समाधानका लागि नयाँ व्यवस्था गरिएको छ । जसअनुसार अब मेरो सेयर लग इनमा समस्या भएमा इन्कोग्निटो विन्डो वा प्राइभेट विन्डोबाट लगइन गरी सहज ढंगले आइपीओ भर्न वा इडिआइएस गर्न सक्छन् ।
इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गर्नु भयो भने तपाईंले न्यू इन्कोग्निटो विन्डो हेर्न सक्नुहुन्छ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ ।
दोस्रो तरिका भनेको तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो सेयर प्रयोग गर्न सक्नुहुन्छ ।
यो विधि अपनाउँदा मेरो सेयर लग इन गरी आइपीओ भर्न वा इडिआइएस गर्न कुनै समस्या नहुने सीडीएससीको भनाइ छ ।