एनआइसी एशिया लघवित्तको सेयर कारोबार बुधबारदेखि
काठमाडौं । मर्जर प्रक्रियाका कारण ७ महिना अघि सेयर कारोबार रोक्का भएको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार बुधबारदेखि शुरु हुने भएको छ ।
एनआइसी एशिया र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएपछि गत साउन ३२ गते सेयर कारोबार रोक्का भएको थियो । दुबै कम्पनीबीच १००ः९४ अनुपातको स्वाप रेसियोमा मर्जर भएको थियो ।
नेप्सेले कम्पनीको सेयरका लागि ओपन प्राइस ७६५.१२ रुपैयाँ तोकेको छ ।
बुधबारदेखि कम्पनीको २४ लाख ९४ हजार ४०० कित्ता सेयर कारोबार हुनेछ ।