मेरो सेयर केही समयका लागि अबरुद्ध, इडिआइएस गर्ने समय थपियो

539
Shares

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयर केही समयका लागि बन्द हुने जानकारी दिएको छ ।

मेरो सेयरमा सवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्या देखा परेकाले सोको समाधानका लागि आकस्मिकरुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकाले मेरो सेयर केही समयका लागि अबरुद्ध हुने जानकारी दिएको छ ।

सिडिएससीले डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले चैत १७ गते बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयरको सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मेरो सेयरको सेवा अबरुद्ध हुँदा चैत १६ गते कारोबार भइ चैत १८ गते राफसाफ तथा फछ्र्यौट हुनुपर्ने कारोबारको इडीआइएस प्रविष्टि गर्ने समय चैत १ड गते बिहान १० बजेसम्म कायम गरिएको सिडिएससीले जानकारी दिएको छ ।