अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङ गरेको भन्दै उजुरी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा इन्साइडर ट्रेडिङ गरी मूल्य बढाएको भन्दै महानगरिय प्रहरी कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेकोमा अनुसन्धान गरी पाउँछ भनि उजुरी दर्ता गरिएको हो ।
अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य केही दिनदेखि अस्वभाविक रुपमा मूल्य बढाएको भन्दै उजुरी परेको हो । केशव कोइरालाले उजुरी दर्ता गरेका हुन् ।
कोइरालाले अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ, निर्देशकहरु रामबहादुर गुरुङ, सागर गुरुङ, चिरञ्जीवि दाबा, कल्यणबन्धु अर्याल र सीइओ कुमारबहादुर खत्री र कम्पनी सचिव विपी उपाध्यायविरुद्ध उजुरी परेको हो ।
उजुरीमा कम्पनीले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद अर्थात २ कित्ता बराबर १ कित्ता हकप्रद प्रदान गर्ने निर्णयको घोषण गर्नु पूर्व नै आफन्त र नातेदारका नाममा ठूलो परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशित गरेको उल्लेख छ ।