लैगिक समानताका लागि नेप्से र आईएफसीबीच समझदारी
काठमाडौं । लैगिक समानताका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र विश्व बैंकको सदस्य (आईएफसी)बीच समझदारी भएको छ ।
वार्षिक ग्लोबल कार्यक्रमले महिलाको सहभागितामा निजी क्षेत्रको दिगो अर्थव्यवस्था विकास गर्न प्रोत्साहित गर्न सक्ने अपेक्षा गरिएको छ ।
कोभिड-१९ अघि विश्व रोजगारीमा ३९ प्रतिशत महिलाको सहभागिता थियो तर कोभिडका कारण रोजगारी गुमाउनेमा ५४ प्रतिशत महिला रहेका छन् ।
आईएफसी र युएन ग्लोबल कम्प्याक्ट नेपालसँग पहिलो पटक लैगिक समानताका लागि सहकार्य गर्न पाउँदा हामी प्रफुल्लित छौं,’ नेप्सेका अध्यक्ष पीएचडी लक्ष्मण न्यौपानेले भने, ‘हामीसँग विश्वमा १०० स्टोक एक्सचेञ्ज छ । लैगिक समानताको अभियानमा सहभागी हुन पाउँदा हामी उत्साहित छौं । हाम्रो कार्यबल, अर्थव्यवस्था र पूँजी बजारमा महिलाको बढी सहभागिता बढाउनु पर्छ । यसले उच्च आर्थिक अर्थ पनि दिन्छ ।’
सहभागिहरुलाई स्वागत गर्दै नेप्सेका सीईओ चन्द्र साउदले आर्थिक समानताका लागि वित्तीय साक्षरतामा महिलाको भूमिका महत्वपूर्ण हुने बताए ।