एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड कार्यान्वयनमा ल्याएको छ । अब एकैपटक वा पटक–पटक गरी वार्षिक रुपमा अमेरिकी डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत् अनलाइन कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।