नागरिक स्टक डिलरले ३९ वटा कम्पनीको सेयर कारोबार गर्न पाउने



काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले ३९ वटा मात्रै कम्पनीको सेयर कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्जले स्टक डिलरका लागि कारोबार योग्य कम्पनीको छनोट गरेको हो ।

कारोबार गर्न पाउने कम्पनीमा २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा माइक्रोफाइनान्स, नेपाल दूरसञ्चार कम्पनी र तारागाउँ रिजेन्सी होटल छन् ।

नेप्सेले धितोपत्र व्यापारी कार्यसञ्चालन सम्बन्धि कार्यविधि २०७७ अनुसार कम्पनीको उक्त सूची तयार पारेको हो । कार्यविधि अनुसार विगत ३ गर्तदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तीमा १० हजारभन्दा बढी भएको, चुक्तापुँजी २० करोड भन्दा बढी भएको र एक वर्षको अवधिमा कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनुपर्नेछ ।


क्लिकमान्डु