आयात बढेसँगै व्यापार घाटा पनि बढ्यो



काठमाडौं । कोरोना भाइरस महामारीका कारण घटेको आयात फागुन मसान्तसम्म आइपुग्दा आयात बढेको छ । कोरोना भाइरस महामारीले लामो समयसम्म घट्दै आएको आयात चालु आर्थिक वर्षको २०७७/८८ को फागुनसम्ममा आयात २.१४ प्रतिशतले बढेको छ ।

चालु आव फागुन मसान्तसम्ममा नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो । जुन गत वर्षको तुलनामा चालुको सोही अवधिमा १९ अर्ब ७४ करोड ५६ लाख १५ हजार रुपैयाँले कमी हो ।

त्यसैगरी, चालु आवको आठ महिनाको अवधिमा नेपालले ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ ।

त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । जुन गत वर्षको तुलनामा चालुमा ५ अर्ब ८७ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आयात तथा निर्यातको व्यापार घाटा १.६३ प्रतिशतले बढेको छ । गत वर्ष आठ महिनाको अवधिमा ८ खर्ब ४९ अर्ब ३३ करोड ४६ लाख ८९ हजार रुपैयाँ व्यापार घाटा भएको थियो । त्यस्तै, चालु आवको सोही अवधिमा नेपालले ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार व्यापार घाटा व्यहोरेको छ ।


क्लिकमान्डु