कुमारी इक्विटी फण्डको १० करोड इकाई बाँडफाँट



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको १० करोड इकाई कुमारी इक्विटी फण्ड बाँडफाँट भएको छ । बिहीबार कम्पनीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई फागुन १४ गतेदेखि फागुन २८ गतेसम्मका लागि निष्कासन गरेको थियो । जसमा मागभन्दा १३६ गुणा बढी दरखास्त परेकाले नियम अनुसार बढीमा २५ प्रतिशतसम्म थप गर्न सक्ने व्यवस्था अनुसार १० करोड इकाई बाँडफाँट गरिएको हो ।

जसमध्ये १५ प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई आवेदकलाई रितपूर्वक बाँडफाँट गरिएको हो ।

जसमा रितपूर्वक आवेदन दिने ९४ हजार ७३३ जनालाई इकाई बाँडफाँट गरिएको हो । आवेदन दिनेमध्ये ७५ वटा संस्था र बाँकी व्यक्तिगत रुपमा आवेदन परेको थियो ।

कम्पनीका अनुसार १०० देखि २० लाख इकाई आवेदन दिनेलाई मागबमोजिम नै बाँडफाँट गरिएको छ भने २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात् २५ लाखदेखि ५० लाख इकाईसम्म माग गरी दरखास्त दिने प्रत्यके ७ जनालाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँट गरिएको हो ।


क्लिकमान्डु