नेप्से २ अंकले बढ्यो, कारोबार रकम जम्मा ३ अर्ब ३७ करोड
काठमाडौं । लागातार आरालो लागेको सेयर बजारमा मंगलबार झिनो सुुधार देखिएको छ । नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ अंकमा बन्द भएको छ ।
यो दिन ९० लाख १२ हजार ८५२ कित्ता सेयर जम्मा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा कारोबार भएको छ । आज १०९ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साथै २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ होटल तथा पर्यटन क्षेत्रमा ३.३६ प्रतिशतको वृद्धि देखिएको छ भने बैंकिङ, जीवन बीमा कम्पनीको उपसमूह पनि बढेको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रो र खानीखोला हाइड्रो कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी सेयर मूल्यमा गिरावट आउने कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनी छन् ।
त्यसैगरी कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।