अरुण भ्याली हाइड्रोपावरको सेयर चैत ८ गतेसम्म किन्नेले हकप्रद पाउने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई १.०५ प्रतशितका दरले हकप्रद जारी गर्ने भएको छ । तर यसका लागि सेयरधनीले चैत ८ गतेसम्म सेयर खरिद गरिसक्नुपर्ने छ ।

कम्पनीका अनुसार चैत ९ गते एक दिनका लागि सेयरधनी दाखिल खारेज बन्द गरिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले चैत ८ गते कायम रहेका सेयरधनीलाई मात्रै हकप्रदको हक प्रदान गर्नेछ ।


क्लिकमान्डु