नेपाल बैंकले माग्यो १९० जना कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा १९० जना कर्मचारीका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गरीजागिर खुलाएको हो ।
बैंकले कनिष्ठ सहायकदेखि सहायक प्रबन्धकसम्मका पदमा जागिर खुलाएको हो । बैंकले खुलाएको विज्ञापनमा फागुन २१ गतेदेखिचैत १२ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिनेछ ।
बैकको वेवसाइट www.nepalbank.com.np मा गएर careers मा गएर Apply online मा गएर आवेदन दिन सकिनेछ । फारम भर्दालाग्ने शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस वा फोन पेबाट पनि भुक्तानी गर्न सकिन्छ ।