कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनामा ३ वाणिज्य बैंकको कर्जा लगानी



काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तियकरण सम्झौता सम्पन्न भएको छ ।

बैंकले तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको हो ।

उक्त सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ । साथै, अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र माछापुच्छ्र्र्रे बैंक रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च ८ अर्ब ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड, तुदि इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् । त्यस्तै, वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

आफ्ना देशव्यापी १९२ शाखा संजाल, १६२ एटिएम, २२ शाखारहित बैंकिंग ईकाई तथा १३ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिंङ्ग सेवासुविधाहरु दिंदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तर रुपमा अघि बढ्दै जाने बैंकले जनाएको छ ।


क्लिकमान्डु