त्रिभुवन विश्वविद्यालयले माग्यो ५९२ शिक्षक,कुन विषयका कति ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५९२ जना प्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आइतबार गोरखापत्रमा सूचना सार्वजनिक गर्दै शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
आयोगले खुल्ला तथा समावेशीतर्फबाट पदपुर्तिको माग गर्दै आयोगले अंग्रेजी, नेपाली अर्थशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्गका विभिन्न विषय, मेडिलकका विभिन्न विषय, विभिन्न कलाका विषय लगायतका अन्य धेरै विषयका शिक्षक माग गरेको छ ।
जसमा प्राध्यापक, सशप्राध्यापक तथा उप–प्राध्यापक पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने आयोगले उल्लेख गरेको छ । नेपाली नागरिकता भएका तोकिएका योग्यता पुगेका इच्छुकले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।
आवेदन दिनको प्राध्यापकमा ३५ सय रुपैयाँ, सह–प्राध्यापकमा ३२ सय रुपैयाँ शुल्क तोकिएको भने आवेदन आयोगको वेवसाइटबाट अनलाइनमार्फत् दिन सकिने उल्लेख गरिएको छ ।