सिभिल लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा चैत ५ गते
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले ३.६८४२१ प्रतिशत लाभांश पारित र प्रबन्धप्रत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने चैत ५ गते साधारणसभा बोलाएको हो ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाटचुक्ता पुँजीको ३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.१८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकबाट समेत स्वीकृत पाइसकेको संस्थाले जनाएको छ ।
गत असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख ३घ हजार ७ सय रुपैयाँ कायम छ ।
संस्थाले आफ्नो नवौं वार्षिक साधारणसभा बोगनभिल्ला, इन्भेन्टस त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न गर्ने उल्लेख गरेको छ ।