सेयर बजारमा ९.९४ अंकको वृद्धि, परिसूचक २६११.४५ अंकमा पुग्यो
काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको बढोत्तरीे देखिएको छ । नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ ।
आजको कारोबारमा विभिन्न कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँमा कारोबार भएको छ । आज वाणिज्य बैंक, विकास बैंक, ट्रेडिङ र म्यूचुअल फण्डबाहेकको उपसूचक नकारात्मक देखिएको छ ।
आजको कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन उर्जा विकास कम्पनी, समृद्धि फाइनान्स कम्पनी र सनराइज बैंक छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सनराइज फस्ट म्यूचुअल फण्ड, इन्फिनिटी लघुवित्त, वरुण हाइड्रोपावर, किसान लघुवित्त र रिडी हाइड्रोपावर कम्पनी छन् ।