पर्यटन मन्त्री पुगे चन्द्रागिरि केबलकार चढ्न
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले चन्द्रागिरिको अनौपचारिक भ्रमण गरेका छन् । मन्त्रीगिरि शनिवार सपरिवार छुट्टी मनाउन चन्द्रागिरि पुगेका हुन् ।
मन्त्री गिरीले चन्द्रागिरि केबलकार परियोजनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गर्न पहल गर्ने बताए । साथै उनले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
मन्त्री गिरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ ।
भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।