शिवम् सिमेन्ट उद्योगले ५०० विद्यार्थीलाई दियो न्यायो कपडा
काठमाडौं । शिवम् सिमेन्ट उद्योगले मकवानपुरको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग र खानी क्षेत्रका विद्यालयमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको हो ।
कम्पनीले त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमामिक विद्यालय बुढिचौरका विद्यार्थीलाई कपडा वितरण गरेको हो ।
‘विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं,’ कम्पनी भनेको छ ।
शिवम् सिमेन्ट्सले विगतका दिन सामाजिक उत्तरदायीत्व अन्तर्गत स्वास्थ्य सिविर, विपन्न परिवारका लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणका लागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ति, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, वृक्षारोपणआदि कार्यहरु गर्दै आइरहेको छ ।