सेञ्चुरी कमर्सियल बैंक र आठबीसकोट नगरपालिकाबीच सम्झौता
काठमाडौं । कृषि क्षेत्रको व्यवसायिकतामार्फत् आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बंैक र आठबीसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
रुकूमको आठबिसकोट नगरपालिकामा ‘कृषक सहकार्य समूह’मार्फत् त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ ।
सम्झदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्खबहादुर केसीले हस्ताक्षर गरे ।
बैंकले १२० वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ्ग, ८८ वटा एटीएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।