फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ % लाभांश दिने



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन् ।


क्लिकमान्डु