सेञ्चुरी बैंकले गर्यो एकैदिन ७ वटा शाखाको उद्घाटन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकै दिन सात ठाँउमा शाखा उद्घाटन गरेको छ ।

बैंकले बाँके जिल्लाको कोहलपुर शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठ, मुस्ताङ्ग जिल्लाको लेते शाखाको बैंकको सञ्चालक डा. गीता प्रधान, ललितपुर जिल्लाको भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक राजेशराज दलीले उद्घाटन गरेका छन् ।

यस्तै काठमाडौं कपन शाखाको सञ्चालक अभिषेक बज्राचार्य, काठमाडौं कै नरेफाट शाखाको बैंकको सञ्चालक महेश कुमार अग्रवाल, भक्तपुरको सुकुलढो शाखाको बैंकको सञ्चालक सुनील कुमार न्यौपाने र काठमाडौको टोखा शाखाको सञ्चालक उमा कुमारी श्रेष्ठले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । यी सहित बैंकको शाखा १२० पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।


क्लिकमान्डु