कैलाश विकास बैंकबाट कृष्णराज बाहिरिए, अमृतचरण नयाँ सीइओ



काठमाडौं । कैलास विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कृष्णराज लामिछाने बाहिरिएका छन् ।

दुई कार्यकाल पुरा भएपछि लामिछानेले सिइओ पदबाट राजिनामा दिएका हुन् ।

बैंकको सञ्चालक समितिको बैठकले जेठ १४ गतेदेखि लागू हुनेगरी बैंकर अमृतचरण श्रेष्ठलाई सीइओ नियुक्ति गरेको छ । यसअघि श्रेष्ठ एनसीसी बैंकको सीइओ थिए ।

नवनियुक्त सीइओ श्रेष्ठसँग ३० वर्ष बैंकिङ गरेको अनुभव छ । एनसीसी बैंक अघि उनी नविल बैंकका निमित्त सीइओ थिए ।

त्यसैगरी, सञ्चालक समितिको बैठक ले सञ्चालक नारायणप्रसाद पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

अध्यक्षको कार्यकाल विवादमा उच्च अदालत पाटनले  बैंकका अध्यक्ष राजेन्द्र गिरीलार्इ दुई कार्यकाल पुरा भएपछि पदमा बस्न नमिल्ने फैसला गरेको छ ।

अदालतले अध्यक्ष गिरीको दुई कार्यकाल पुरा भएको भन्दै पदमा बस्न नमिल्ने आदेश दिएको थियो । अध्यक्षको दुई कार्यकाल बस्न नमिल्ने आदेशपछि सिइओ लामिछानेले राजिनामा दिएका हुन् । उनको पनि कैलाशमा दुई कार्यकाल पुरा भएको छ ।


क्लिकमान्डु