सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जाको सम्झौता
काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरि जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ ।
जसमा ७० प्रतिशत सम्मको फाईनान्स सुबिधाका साथै बिना धितो न्युनतम ब्याजमा कर्जा ७ दिन भित्र नै कर्जा स्वीकृति हुने बैंकले जनाएको छ ।