प्रभु लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, झन्डै आधा आवेदकको हातखाली



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको भएको छ ।

कम्पनीको १० लाख ४९ हजार ४७ कित्ताबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता सेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँको आवेदन परेको थियो ।

आवेदन दिने मध्ये ५ लाख ४० हजार जना आवेदकलाई १० कित्ताका दरले सेयर परेको छ । बाँकी आवेदकको हात खाली भएको छ । परेको आवेदनमध्ये २ हजार १६९ जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै नै आवेदन परेको थियो । कम्पनीले मंसिर २९ देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गरेकोमा कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएर ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

 


क्लिकमान्डु