ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश वितरण गर्न १४औं साधारणसभा बोलाएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव यस अघि नै गरेको थियो ।
लाभांश पारितका लागि बैंकले पुस २९ गते वार्षिक साधारणसभा सम्पन्न गर्ने जनाएको छ । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १५ गतेदेखि पुस २९ गतेसम्म सेयर दाखिला बन्द गर्ने उल्लेख गरेको छ ।
साथै, वार्षिक साधारणसभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ ।
सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गर्नेछ ।