नबिल बैंकको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । नबिल बैंकको ३६ औं बार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकले उक्त साधारणसभामा सेयरधनीलाई दिने लागेको ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

उक्त साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले ३३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको १.७६ प्रतिशत नगद लाभांश पाउने छन् ।

साथै बैंकले साधारणसभामा लेखा परिक्षक नियुक्त गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशनको लागि, वैदेशिक साझेदारीमा जानको लागि आवश्यक काम अघि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिइने छ ।

बैंकले साधारणसभाको लागि भन्दै पुस १५ गते बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम रहेको लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।


क्लिकमान्डु