बुध्द एयरले जनकपुर लैजानुपर्ने यात्रुलाई पोखरा लगेपछि…
काठमाडौं । शुक्रबार दिउँसो दिउँसो ४ बजेतिर । काठमाडौंबाट एटीआर-७२ बिमानबाट जनकपुर जानुपर्ने यात्रुहरु पोखरा पुगे ।
जनकपुरका लागि हिँडेका यात्रुहरु पोखरा पुगेपछि बल्ल उनीहरु फरक गन्तव्यमा आएको थाहा पाए । त्यसपछि विमानभित्र होहल्ला भयो ।
विमान दिउँसो ४:१० बजेतिर पोखरामा विमानस्थलमा ल्यान्ड भएको थियो ।
पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईका अनुसार ६०७ नम्बरको विमान पोखरा नै आउनु पर्ने हो । सोही अनुसार अनुमति दिइएको हुन्छ । त्यसमा केही समस्या छैन ।
तर काठमाडौं विमानस्थलमा खटिने ग्राउन्ड ह्यान्डलिङ गर्ने कर्मचारीको लापरबाहीका कारण यस्तो भएको हुन सक्ने गुरागाइको भनाइ छ ।
उनका अनुसार बिमान पोखरामा अवतरण गरे पनि यात्रुलाई भने बाहिर निकालिएन । बिमानमा तेल भरेपछि २० मिनेटपनि क्यानको अनुमतिमा फेरि जनकपुर नै पठाइएको थियो ।
विमानस्थलमा चढ्ने बेलामा गन्तव्यबारे जानकारी दिइन्छ । तर उक्त समयमा पनि विमान कुन गन्तव्यमा जाने भन्नेबारे पनि कोही जानकार भएको नदेखिएको गुरागाइको भनाइ छ ।